राजसंस्थाको मागसहित काठमाडौँमा राप्रपाको प्रदर्शन
९ फागुन, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै काठमाडौँमा प्रदर्शन गरेको छ ।
प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो ।
आजदेखि काठमाडौँसहित देशभरका जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौँ केन्द्रित प्रदर्शन र भेला गर्ने राप्रपाको कार्यतालिका रहेको छ ।
आज काठमाडौँमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, र्यालीसहित दबाबमुलक कार्यक्रम गर्ने तथा देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE