लिभरपुललाई बराबरीमा रोक्यो आर्सनलले
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा अपराजित लिभरपुललाई बार्सिलोनाले बराबरीमा रोकेको छ। शनिबार भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेले। आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा लिभरपुलले ६१औँ मिनेटमा जेम्स मिल्नरको गोलबाट अग्रता लिएपनि अग्रता जोगाइराख्न भने असफल भयो। आर्सनलका लागि ८२ औ मिनेटमा एलेकसान्द्र लाकाजेट्टीले बराबरी गोल गर्दै लिभरपुलसँग अंक खोस्न सफल भए। दुवै टोली खेल अवधिभर आक्रमक देखिए पनि गोल गर्न भने सकेनन्।
खेलपछि दुवै टोलीले समान १ अंक जोडेका छन्। त्यही एक अंक प्राप्त गर्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लियो। उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँग एक अंकको अग्रता कायम गर्यो। आर्सनल २३ अंक सहित चौथो स्थानमा यथावत् रह्यो। युनाईटेडलाई रासफोर्डले जोगाए म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार एएफसी बोर्नमाउथविरुद्ध कठिन जित निकालेको छ। इन्जुरी समयमा मार्कोस रासफोर्डले गोल गरेपछि युनाइटेड २–१ ले विजयी भयो।१–० ले पछि परेको खेलमा पुनरागमन गर्ने क्रममा युनाईटेड अन्तिम समयमा भाग्यमानी रह्यो। बोर्नमाउथले खेलमा ११ औं मिनेटमा अग्रता लिएको थियो। जुनियर स्टानिस्लासको क्रसमा विल्सनले गोल गरेका थिए। ३५ औं मिनेटमा एन्टोनियो मार्सियलले बराबरी गोल गरे।
मार्सियलको त्यो प्रिमियर लिगमा लगातार चौथो गोल हो। दोस्रो हाफमा एस्ले योङको प्रहारबाट युनाइटेडले अग्रताको मौका पाएको थियो। तर उनको प्रहार बारमा ठोक्किएर फर्कियो त्यसमै रासफोर्डको प्रहार नाथन एकेले रोके। यद्यपि इन्जुरी समयको दोस्रो मिनेटमा पाउल पोग्बाले क्रस गरेको बलमा रासफोर्डले नजिकबाट आकर्षक हेड गर्दे युनाईटेडलाई महत्त्वपूर्ण ३ अंक दिलाए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE