गाई काटेको अभियोगमा दुईजना पक्राउ
गाई काटेको अभियोगमा दुईजना पक्राउ
३० जेठ, काठमाडौं– प्रहरीले गाई काटेको अभियोगमा भोजपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ एक्लेटोल बस्ने २६ वर्षीय पेम्बा तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय पुर्ण बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
पूर्णको गुवाली घरमा गाई काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र संखुवासभा सम्पर्क केन्द्र भोजपुरबाट चिकित्सक समेतको टोलीले उनीहरूलाई करिब १ सय ५० किलो गाईको मासु, टाउको र खुट्टा सहित फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE