Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

जेठ २४ गतेसम्मका लागि बाँकेमा निषेधाज्ञा लम्ब्याइयो

जेठ २४ गतेसम्मका लागि बाँकेमा निषेधाज्ञा लम्ब्याइयो

१७ जेठ, काठमाडौं– जिल्ला प्रशासन कार्यालय बाँकेले बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याएको छ ।

कोरोना संक्रमणको चेन ब्रेक तथा रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि निषेधाज्ञा लम्ब्याइएको प्रशासनले जनाएको छ ।

बाँके प्रशासनले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

यसअघि प्रशासनले जेठ १७ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE