Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

वान कोरिया ग्लोबल क्याम्पीयन काठमाडौँमा सम्पन्न

१६ जेठ, काठमाडौँ – वान कोरिया ग्लोबल क्याम्पीयन अन्तर्गत ग्लोबल पीस कनक्लेभ (गोष्ठी) आइतबार काठमाडौँमा सम्पन्न भएको छ । ग्लोबल पीस एशोसियशन नेपालको आयोजना गरेको गोष्ठीमा नेपाल लगायत अमेरिका, अफ्रिका लगायतका युवा तथा पीस एड्भोकेटस्हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा डा. चिरन्जिवी भट्टराई, डा. रामचन्द्र पोखरेल र डेभिड काप्राले छुट्टा छुट्टै प्रस्तुती दिएका थिए । अन्तरक्रियामा आधारित उक्त कार्यक्रम झण्डै ४ घण्टाको रहेको थियो । कार्यक्रममा डा. भट्टराईले वल्र्ड सेक्युरिटी इज प्रोभाइडेड इन द पीसफुल रियुनीयन अफ कोरियन पेनेनसूअलामा आफ्नो प्रस्तुती राख्नुभएको थियो ।

त्यस्तै डा. पोखरेलले न्यु सिभिलाइजेशन इज पोसिबल थ्रो मोरल एण्ड इनोभेटिभ लिडरसिपमा र काप्राले रोल अफ ग्लोबल पीस फाउन्डेशन (जिपीएफ) इन द करेन्ट इस्स्यू अफ द वल्र्डमा आफ्ना प्रस्तुतीहरु राखेका थिए ।

कार्यक्रमा बोल्ने वक्ताहरुले विश्व शान्तिका लागि हरेक नागरिकले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने औँल्याएका छन् । उनिहरुले विभाजित दुई कोरियाको युनिफिकेशन विश्व शान्तिको उद्दगम बिन्दु भएको बताए ।

आयोजक ग्लोवल पीस फाउन्डेशन नेपालका डाइरेक्टर रामरोहन पन्तले हरेक युवाहरुको दायित्व आफ्नो लागि मात्र सोच्ने नभएर, अरुको खातिर पनि केही गर्नु पर्छ भन्ने भावनाको विकास गर्ने बेला भएको बताए । पन्तले यो कार्यक्रमले लामो समयदेखी छुट्टिएर रहेका दुई कोरिया (उत्तर र दक्षिण)लाई एकिकरण गराउने अन्तराष्ट्रि दवावको रुपमा भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE