पाँचथर हत्याकाण्डको सत्यतथ्य छिट्टै सार्वजनिक हुन्छ : गृहमन्त्री बादल
काठमाडौं । गहमन्त्री राम बकहादुर थापा बादलले पाँचथर हत्या काण्डको सत्यतथ्य छिट्टै सार्वजनिक हुने बताउनु भएको छ । संघीय संसद राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको यर्थाथ विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै घटनाको विषयमा अनुसन्धान भइरहेको र सो घटनाको यर्थाथ विवरण छिट्टै सार्वजनिक गर्ने बताउनु भएको हो । साथै उहाँले हत्याकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली घटनास्थल पुगेको बताउँदै अनृुसन्धानको लागि सहयोग लागि स्थानीय संग आह्वान गर्नुभएको छ ।
गृहमन्त्री थापाले घटनामा मारिएका नौजना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एकजनाको शव पनि पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जानकारी गराउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE