सरकारी गाडीमा ‘डेटिङ’ गएका सरकारी कर्मचारीलाई कारवाही गर्न निर्देशन
सरकारी गाडीमा डेटिङ गएका सरकारी कर्मचारीलाई कारवाही गर्न निर्देशन
२१ जेठ, काठमाडौं– निषेधाज्ञाकाबीच सरकारी गाडी लिएर ‘डेटिङ’ पुगेका शहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारवाही गर्ने भएको छ । दोस्रो चरणको कोरोना रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गरी सरकारी गाडी लिएरै ‘डेटिङ’ गएपछि गृह मन्त्रालयले कारवाहीको निर्देशन दिएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै मन्त्रालयले अनुसन्धान गरी श्रेष्ठलाई कारवाहीसहितको वरण समेत पठाउन निर्देशन दिइएको छ । पत्रप्राप्त भएसँगै प्रशासनले कारवाही अघाडी बढाइसकेको जनाएको छ ।
गत आइतबार शहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास विभागको नयाँ सहर आयोजना प्रमुख श्रेष्ठ युवती लिएर स्वयम्भू पुगेका थिए । निषेधाज्ञामा प्रेमिल जोडी भेटिएको उक्त भिडियो भाइरल भएको थियो । निषेधाज्ञामा प्रेमलाप गरिरहेको भिडियो सार्वजनिक भएपछि भाइरल भएको थियो । उक्त भिडियोमा अनैतिक कार्य पनि भएको देखिएको छ । भिडियोमा रहेकी युवती शहरी विकास विभागकै इन्जिनियर रहेको बताइएकोे छ ।
प्रशासनले अहिले यस विषयमा विस्तृत अनुसन्धान बढाइरहेको छ ।
निषेधाज्ञाकाबीच केही दिनअघि स्वयम्भूमा प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक सरकारी कर्मचारी युवक स्वयम्भूमा एक युवतीसहित पुगेको दृश्य भाइरल भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE