Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

सिरहामा महिला मानव अधिकार रक्षक र सामुदायिक अगुवाहरूका लागि दुई दिने रिफलेक्सन तालिम सम्पन्न

सिरहा – समग्र जन उत्थान केन्द्र लहानको आयोजनामा पुष ५ र ६ गते सिरहाका महिला मानव अधिकार रक्षक तथा सामुदायिक अगुवाहरूका लागि दुई दिने रिफलेक्सन तालिम सम्पन्न भएको छ।

तालिमले महिला मानव अधिकार संरक्षण, समुदायमा नेतृत्व विकास र अधिकारको वकालत गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सहभागीहरूले तालिममार्फत आफ्नो अनुभव आदानप्रदान गर्दै समुदायस्तरमा देखिएका समस्याहरू समाधान गर्न नयाँ दृष्टिकोण हासिल गरेको बताएका छन्।

कार्यक्रममा विषय विज्ञहरूले महिला अधिकारका चुनौती, कानूनी संरचना र सामुदायिक सहभागिताबारे प्राज्ञिक छलफल गरेका थिए। तालिमले सहभागीहरूको क्षमतावृद्धिमा सघाउ पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE