थापाको स्वास्थ्य अवस्था गम्भीर, बाहिर अनावश्यक हल्ला
१८ जेठ, काठमाडौँ – विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । ललितपुरस्थित नेपाल मेडीसीटी अस्पतालमा उपचाररत थापाको अवस्था गम्भीर रहेको अस्पतालका कोभिड फोकल पर्सन नरेन्द्र तिम्सिनाले जानकारी दिनुभएको हो । थापाका बारेमा बाहिर अनावश्यक हल्ला फैलाइएको समेत उहाँले बताउनुभयो । थापाको कोभिड रिपोर्ट नेगेटिभ आइसकेको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि ग्रान्डी अस्पतालबाट रगतबाट अक्सिजन दिएर उपचार गर्नका लागि उहाँलाई मेडिसिटी अस्पताल लगिएको थियो । सुरुमा ह्ययाम्स अस्पताल उपचार गरिएको थियो । त्यहाँ पनि ठीक नभएपछि ग्रान्डी लगिएको थियो । इक्मो थेरापी नेपालको मेडीसीटी अस्पतालमा मात्र उपचार हुने गरेको छ । उहाँलाई १८ दिन अघि कोभिड-१९ संक्रमण देखिएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE