केन्द्रीय समिति बैठकअघि कांग्रेसले बोलायो पदाधिकारी बैठक
१२ बैशाख, काठमाडौँ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाइएको हो।
महाधिवेशन तयारीबारे छलफल हुने कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिनु भयो । कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ।
आजको बैठकले सोमबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने छ।
१४ औँ महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचन, केन्द्र र प्रदेशको सत्ता समीकरण लगायतका विषयमा आजको बैठकमा छलफल हुने नेताहरुले बताउनु भएका छन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE