Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

महामारीलाई नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकताः पूर्वराजा ज्ञानेन्द्र

महामारीलाई नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकताः पूर्वराजा ज्ञानेन्द्र

२० जेठ, काठमाडौं– कोरोनालाई परास्त गरेसँगै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले एक सन्देश जारी गर्नुभएको छ । भाइरससँगको जीत सँगै आफूहरु अस्वस्थ्य रहेको बखतमा शुभकामना दिने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

सन्देशमा महामारीको समयमा अग्रपंक्तिमा रही कार्यरत सवैमा धन्यवाद दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता औंल्याएका छन् । भिडियोमा पूर्वरानी कोमलले भने अक्सिजन सपोर्ट लिइरहेको देखिन्छ।

करिब साढे २ मिनेट लामो भिडियो सन्देशमा पूर्वराजा शाहले, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहनुहुने सवै नेपालीहरुमा आभार व्यक्त गर्दछौं । यस महामारीमा दिनरात आफ्नो दायित्व र मानविय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरूमा हामी अन्तर आत्मादेखि धन्यवाद दिन चाहन्छौं । अहिले हामी पूर्ण स्वास्थ्यलाभको क्रममा छौं तर देशभित्र र बाहिरको महामारीको अवस्था प्रति हामी चिन्तित छौं । महामारीको प्रक्रिया जारी छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद निद चाहन्छु । म सवैलाई सुरक्षित, सावधान र स्वास्थ्य रहन आग्रह गर्दछु । उपचारको क्रममा रहनुभएका सबै नेपालीहरुको शिघ्र स्वास्थ्यलाभको कामना साथसाथै महामारीको क्रममा जीवन गुमाउनुहुने सबैमा चिर शान्तिको कामना गर्दछु । श्री पशुपतिनाथले ती सबैको परिवारमा धैर्य धारणको लागि शक्ति प्रदान गरुन् ।’ भन्नुभएको छ ।

https://www.facebook.com/prearana/videos/10159102070977559

WRITE COMMENTS FOR THIS ARTICLE