फागुन २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुन्छ : अध्यक्ष दाहाल
१९ फागुन
काठमाडौँ – कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुने दावी गर्नुभएको छ ।
अध्यक्ष दाहालले ऐन कानून नियम अनुसार प्रक्रिया अनुसार नै आफूहरु अघि बढ्ने धारणा राख्नुभयो । त्यस्तै उहाँले सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको विजय भएको जिकिर गर्नुभयो ।
फरक प्रसंगमा उहाँले कोरोना खोप आउनुले मानवजातिको नै जित भएको भन्दै बिना हिचकिचाहट खोप लगाउन आग्रह पनि गर्नुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE