Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

१० वैशाख, काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । जनकपुरबाट नेता नेपाल फर्किए लगत्तै गौतमसँग भेटवार्ता भएको हो ।

विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । उनका अनुसार नेताहरुसँग कुराकानी गर्ने क्रममा नेपालसँग पनि भेट भएको हो ।

विहीवार साँझ गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग ‘डिनर’ भेट गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE