Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

जनयुद्धमा मारिएकालाई सरकारले छिटै राष्ट्रिय सहिद घोषणा गर्छ : प्रचण्ड

‘पहिलेको निर्णय कसले गायब पार्यो अनुसन्धानको विषय छ’

१४ आश्विन, काठमाडौं  –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा नेतृत्वको गठबन्धन सरकारले माओवादी युद्धमा मृत्युवरण गरेकाहरुलाई चाँडै राष्ट्रिय सहिद घोषणा गर्न लागेको बताउनुभएको छ ।

सरकारको हालै जारी साझा न्यूनतम कार्यक्रममा पहिलोपटक राज्यको तर्फबाट जनयुद्धका सहिद, बेपत्ता र घाइतेलाई उपचार र राहत दिने विषयलाई दस्तावेजीकरण गरिएको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो ।

माओवादीनिकट सहिद प्रतिष्ठान नेपालको साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले सहिद, बेपत्ता, घाइते तथा अपांगका सन्दर्भमा राज्यको तर्फबाट जति हुनुपर्ने त्यति हुन नसकेको बताउनुभयो । माओवादी क्रान्ति पूर्ण नभएकाले यो अवस्था आएको उहाँको भनाइ छ ।

‘म प्रधानमन्त्री बन्दा क्याबिनेटको पहिलो निर्णय नै जनयुद्धका महान सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने भन्ने थियो । तर, त्यतिबेला बडो जालझेलपूर्वक त्यो निर्णयको प्रतिलिपि नै गायब पारियो ।

कसले गर्यो ठूलो अनुसन्धानको विषय छ । राजपत्रमा प्रकाशित नभएकाले त्यसलाई आधिकारिक भन्न गाह्रो भयो । तर अब छिट्टै गठवन्धन सरकारमार्फत राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रियामा सफलता प्राप्त गर्दैछौं’ प्रचण्डले भन्नुभयो ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE