Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

रामेछापको सुनपती गाउँपालिकामा अध्यक्ष कै मिलेमतोमा चरम आर्थिक अनियमितता

सवाल सम्वाददाता काठमाडौँ रामेछापको सुनापति गाउँपालिकामा चर्को आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि अनुसार गाँउपालिका भित्रका १० लाख भन्दा बढीको बजेट खुला टेण्डर प्रक्रियाबाट गर्नु पर्नेमा स्वास्थ्य शीर्षकको औषधि खरिदको ३१ लाख बराबरको रकम आपसी मिलेमतोमा घोटाला गरिएको छ ।

गााँउपालिका अध्यक्ष धावा लामा, कार्यकारी अधिकृत सुनिल निरौला, स्वास्थ्य प्रमुख प्रबल कुमार योञ्जन र स्वास्थ्य सहायक अर्जुन श्रेष्ठको मिलेमतोमा घोटाला गरिएको हो । स्वास्थ्य सहायक अर्जुन श्रेष्ठले गाउँपालिका अध्यक्षलाई प्रभावमा पारेर अन्य कर्मचारी र जनप्रतिनिधिहरूलाई समेत दबाब सिर्जना गर्ने गरेको स्रोतले जनाएको छ ।

यस अघिका २० लाख बराबरका कामहरू नियम अनुरसार टेण्डर प्रक्रिया मार्फत भएका छन्  तर अहिले औषधि खरिदको सुचना प्रकाशित नगरिकनै काम गरिएको हो । टेण्डर खुल्ला नगरीकन डालिमा मेडिसेल्स नामक कम्पनी संगको मिलेमतोमा १९ लाख बराबरको औषधि खरिद गरिएको हो ।

यस अघि पनि मिलेमतोमा नै कुनै दैनिक पत्रिकामा सुचना निकाल्ने र त्यो पत्रिका बाहिर ल्याउन नदिइ आफैले खरिद गर्ने गरेको पनि भेटिएको छ । यस अगाडी गाँउपालिकाको खुला सुचनाहरू फेसबुक पेज र आधिकारिक वेबसाइटमा पनि प्रकाशित गर्ने गरिन्थ्यो ।

यो पटक औषधि खरिदको सुचना गाँउपालिकाको वेवसाईट, फेसबुक पेज र सुचनापाटी कतै पनि सार्बजनिक नगरिकन आन्तरिक मिलेमतोमा खरिद गरिएको छ । केही महिना अगाडी गाउपालिका अध्यक्ष धावा लामाले ५ लाख बराबरको औषधी आकस्मिक खरिदको विल बनाएर आफ्नै गाडीमा लिन पुगेका थिए ।

गाँउपालिकाले आवश्यक सामग्री खरिदका लागि खरिद समिति बनाएको भए पनि खरिद समितिको बैठक र निर्णय बिना नै खरिद गर्ने गरेको पाईएको छ । यो गाउँपालिकामा तत्कालिन एनेकपा माओवादीले एकलौटी चुनाव जितेको थियो ।

चुनावी दौरानमा व्यापक लोकप्रिय नारा प्रचार गरेपनि अध्यक्ष धावा लामाको स्वार्थ र व्यक्ति केन्द्रित गतिविधि र सामुहिक रूपमा निर्णय लियर काम नगर्ने प्रवृत्तिले अपेक्षित रूपमा काम हुन नसकेको नेकपाको एक स्थानिय कार्यकर्ताले बताए । हामीले रगत र पसिना बगाएर बनाएको पार्टी र संगठन गाउँपालिका अध्यक्षले हठ प्रस्तुत गरेर बृद्वा आश्रम बनाएको आरोप लगाए । यहि कारणले कम्युनिस्टहरूको आधार क्षेत्र भत्किन सक्ने खतरा पैदा भएको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE