Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

कांग्रेस सभापति देउवा केन्द्रीय सदस्यहरुसँग छलफलमा

कांग्रेस सभापति देउवा केन्द्रीय सदस्यहरुसँग छलफलमा

६ असार, काठमाडौं– १४ महाधिवेशनमा पनि सभापतिमा चुनाव लड्ने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरुसँग छलफलमा जुट्नुभएको छ ।

आसन्न भदौमा हुने पार्टीको १४ औं महाधिवेशनअघि बिहान १० बजेदेखि सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल सुरू गर्नुभएको हो ।

सभापति देउवाले आफू पक्षका केन्द्रीय सदस्यलाई महाधिवेशनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

सभापति देउवाले श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख शिवप्रसाद हुमागाइँसँग पनि छलफल गरिरहेको स्रोतले जनाएको छ ।

सभापति देउवाले आज नै गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग दिउँसो ३ बजे छलफल गर्ने तयारी गर्नुभएको छ ।

यसअघि शनिबार पनि देउवाले प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग छलफल गर्नुभएको थियो।

आफू सभापतिमा उठ्ने तयारी रहेकाले देउवाले महाधिवेशन प्रतिनिधि ल्याउनदेखि नै सहयोग गर्न केन्द्रीय सदस्यहरूसँग आग्रह गरिरहनुभएको छ । महाधिवेशनको लागि केही महिना मात्र समय बाँकी रहँदा सभापति देउवाले आफ्नो सक्रियता देखाउनुभएको हो ।

नेपाली कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औं महाधिवेशनका लागि मिति तय गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE