आजबाट पठाओ र टुटल सेवा सञ्चालनमा
८ असार, काठमाडौं – आजदेखि पठाओ र टुटल सञ्चालनमा आएका छन् । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आएको हो ।
सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनीले बताएको छ ।
काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरेको छ । जस अन्तर्गत टुटल र पठाओ सेवा पनि पर्दछन् । करिब दुईमहिनादेखि ट्याक्सी, मोटरसाइकलमा टुटल र पठाओ सेवा सञ्चालन हुन पाएका थिएनन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE