Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आज बालुवाटार छोड्दै ओली

आज बालुवाटार छोड्दै ओली

३० असार, काठमाडौं– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्ने हुनुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्दै शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि ओलीले सरकारी निवास बालुवाटार छोड्न लाग्नुभएको हो ।

ओलीनिकट स्रोतअनुसार उहाँले बिहान ११ बजेपछि बालुवाटर छोडेर आफ्नो निजीनिवास बालकोट जाने हुनभएको हो ।

उहाँलाई बालुवाटारदेखि बालकोटसम्म एमाले कार्यकर्ताहरुले स्कर्टिङ गरेर बालकोटसम्म पु¥याउने एमाले नेता महेश बस्नेतले बताउनुभयो ।

ओलीलाई स्कर्टिङमार्फत बालकोट पु¥याउनका लागि भेला हुन नेता बस्नेतले कार्यकर्ताहरुलाई यसअघि नै आह्वान गरिसकेको बताउनुभयो ।

सर्वोच्चको परमादेश लगत्तै राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार नै प्रधानमन्त्रीमा नियुक्त गरिसक्नभएको छ ।

प्रधानमन्त्री देउवाले मंगलबार नै पद तथा गोपनियताको शपथ ग्रहण गर्दै मंगलबार साँझ नै कार्यभार सम्हाल्नुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE