एकताका बेला गरिएको सहमति विपरीत खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागे : ईश्वर पोखरेल
१७ कात्तिक
काठमाडौं –सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता हुनुभन्दा पहिलेका समूहसँग समीकरण बनाएर खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका बताउनुभएको छ ।
सोमबार उहाँले समाजिक सञ्जाल फेसबुकमार्फत सो अभिव्यक्ति दिनुभएको हो । ‘एकताका बेला गरिएको सहमति विपरीत पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो’, ट्विटरमा पोखरेलले लेख्नुभएको छ ।
त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनेर खबरदारी समेत गर्न उहाँले आग्रह गर्नुभएको छ । उहाँले लेख्नुभएको छ( ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खबरदारी गरौं !व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !
पछिल्लो समय नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद चुलिँदै गएको छ । गत शनिबार दुई अध्यक्षबीच भेट भएको थियो । भेटमा प्रचण्डले प्रधानमन्त्री पद मागेको समेत समाचारहरू बाहिरिएका थिए ।आइतबार खुमलटार भेलामा प्रचण्डले दुई अध्यक्षबीचको भेटलाई ब्रिफिङ गर्दै ओलीले पार्टी फुटाउन चाहेको बताउनुभएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE