Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सरकारका कदमविरुद्ध नेपाल विद्यार्थी संघको प्रदर्शन

१६ असार, काठमाडौँ – नेपाल विद्यार्थी संघले सरकारको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् । नेविसंघले काठमाडौंको चावहिलस्थित पशुपति क्याम्पस बाहिर मसाल राँके जुलुस निकालेको हो ।

सरकारको असंवैधानिक र प्रतिगामी कदमको विरोधमा प्रदर्शन गरेको नेविसंघका महामन्त्री मनोज वैद्यले जानकारी दिनुभयो ।

सरकारको कुशासन, भ्रष्टाचार र मूल्यवृद्धिको समेत विरोधमा प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE