Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

मेस्सीसंग सम्झौता गर्न पीएसजीको औपचारिक प्रस्ताव

२५ साउन, एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले लियोनल मेस्सीलाई दुई वर्षको सम्झौता गर्न औपचारिक प्रस्ताव गरेको छ ।

लिग वान क्लबले आइतबार मेस्सीलाई दुई वर्षको सम्झौताका लागि प्रस्ताव गरेको स्काई स्पोर्ट्सले जनाएको छ ।

पीएसजीले मेस्सीलाई कर काटेर वार्षिक २५ मिलियन पाउण्डको प्रस्ताव गरेको समेत स्काई स्पोर्ट्सले जनाएको छ ।

स्काई स्पोर्ट्सले मेस्सीको प्रतिनिधिले पीएसजीको प्रस्तावमा समिक्षा गरिरहेको समेत जनाएको छ ।

६ पटकको बालोन डी ओर विजेता मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका छन् ।

बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा क्लबसँग सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

३४ वर्षीय मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE