Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कांग्रेसले सुल्झ्यायो ९६ प्रतिशत क्रियाशील सदस्यता वितरण विवाद

कांग्रेसले सुल्झ्यायो ९६ प्रतिशत क्रियाशील सदस्यता वितरण विवाद

१४ साउन, काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । क्रियाशील सदस्यता विवरणमा नमिलेका केही स्थानमा सहमति कायम गरेर समितिले प्रतिवेदन बुझाएको हो ।

यस अघि अपुरो प्रतिवेदन पेश गरेको समितिले केही स्थानमा पुनः सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ । झण्डै सय वडामा विवाद रहेर नटुंगिएको ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगो लागेको समितिले जनाएको छ ।

समितिले काँग्रेस सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा जारी पदाधिकारी बैठकमा पुरक प्रतिवेदन बुझाएको हो ।

सोही प्रतिवेदनमाथि पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE