सगरमाथा क्षेत्रमा कैद भएको हिउँ चितुवाको फोटो

काठमाडौँ – अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको आकर्षक फोटो खिच्नुभएको छ ।
पवलोस्कीले अक्टोबर ८ तारिखमा आफ्नो क्यामेरामा कैद गर्नुभएको हिउँ चितुवाको फोटो उहाँको वेब पेजमा प्रकाशन गर्नुभएको छ । त्यो पेजलाई शेयर गर्दै नेपालमा रहेको अमेरिकी दूतावासले हिउँ चितुवाको आकर्षक फोटोबारेमा जानकारी गराएको छ ।
पाँच हजार चार सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको फोटोग्राफर पवलोस्कीले आफ्नो वेबसाइटमा उल्लेख गर्नुभएको छ । उहाँले वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आउनुभएको छ । फोटोग्राफर पवलोस्कीले गोरपशेकबाट बिहान ४ बजे हिँडेर आकर्षक फोटो कैद गर्न सकेको बताउनुभएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE