Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

भारतीय एसएसबीले तुइन फुकालिदिएपछि जयसिंह धामी महाकालीमा बेपत्ता भएको ठहर

२७ साउन काठमाडौँ – जनअधिकार अभियान नेपालले दार्चुलाका जयसिंह धामी भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन फुकालिदिएको कारणले महाकाली नदीमा खसी बेपत्ता भएको ठहर गरेको छ । अभियानमा घटनास्थलमा पुगेर गरेको अध्ययन तथा प्राप्त तथ्यहरूको आधारमा यस्तो निष्कर्ष निकालेको हो ।

अभियानले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला प्रकरण भारतीय सुरक्षाफौजको दादागिरी भएको उल्लेख गर्दै महाकाली घटना गम्भीर, अक्ष्यम्य र मानवता विरोधी अपराध भएको बताएको छ । एकराज भण्डारी अध्यक्ष रहेको अभियानले जयसिंह धामीको अवस्था तत्काल पत्ता लगाएर परिवारलाई जिम्मा लगाउन तथा कुटनीतिक पहल गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE