Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

दोरम्बाबाट काठमाडौँ आउदै गरेको जीप गोगनपानीमा दुर्घटना, ३ घाइते

  • सिंहराज योञ्जन 

१८ कात्तिक, काठमाडौँ – रामेछापको दोरम्बाबाट बिरामी बोकेर काठमाडौँ आउदै गरेको जीप गोगनपानीमा दुर्घटना भएको छ ।

बिहान करिब २ बजे दोरम्बा गाउँपालिका २ बाट बिरामी लिएर काठमाडौ आउदै गरेको जीप रामेछापकाे गोगनपानीमा दुर्घटना हुँदा तीन  जना घाइते भएका छन् । घाइते हुनेमा चालक वीर बहादुर तामाङ, दिब बहादुर तामाङ सजल योन्जन रहेका छन् ।


खाडादेवी गाउँपालिका-५ गोगनपानी हाट लाग्ने डाडामा दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका हुन् । घाइतेहरुलाई मध्यपुर ठिमी अस्पतालमा उपचार भैरहेको छ ।  घाइतेको अवस्था सामान्य रहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE