Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

बेलायती प्रधानमन्त्रीका विशेष दूतले भेटे कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई

 १८ आश्विन, काठमाडौँ – बेलायतका प्रधानमन्त्रीका विशेष दूत र कर्णाली प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता भएको छ। सोमबार दिउँसो मुख्यमन्त्री महेन्द्र बहादुर शाही र बेलायती प्रधानमन्त्रीका विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको हो।

भेटका क्रममा दुई पक्षबीच नेपालको बालिका शिक्षा, महिला सशक्तीकरणको अवस्था र कर्णाली प्रदेशको समग्र विकासबारे छलफल भएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ।

भेटमा फरिन कमवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय युकेका दक्षिण एसिया बालिका शिक्षा सल्लाहकार ईयान एट्फिल्ड, बेलायती दूतावासका निर्देशक नथानल बिभन पनि सहभागी हुनुहुन्थ्यो। भेटमा कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिम प्रदेश प्रमुख पदम विश्वकर्मा पनि सहभागी भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE