Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

१६ साउन, काठमाडौं – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए। गए रातिदेखि लगातार पानी परिरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE