Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

एमालेले थप १२ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय

१० जेठ, काठमाडौँ – नेकपा एमालेले थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेता सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

थप स्पष्टीकरण सोधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।

सोमबारकै बैठकले वरिष्ठ नेताहरु माधव नेपालसहित ११ जनालाई पार्टी सदस्यबाटै हटाउने निर्णय गरेको थियो ।  बैठकमा सुदूरपश्चिम प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता गर्ने विषयमा समेत छलफल भएको एक नेताले जानकारी दिनु भयो । उनका अनुसार त्यसबारे छलफल भएपनि निर्णय हुन बाँकी रहेको र अर्को बैठकले निर्णय गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE