सुनिता नेपालीको आवाजमा ‘मै दुखी चेली’
काठमाडौँ । गायिका सुनिता नेपालीको आवाजमा समावेश मै दुखी चेली बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन ।
सुनिता नेपालीकै शब्द सिर्जना रहेको गीतमा उनकै लय सिर्जना रहेको छ । दुख पाउको चेलीको पिडालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । चाडपर्वको बेलामा दुखी चेलीलाई परेको मर्मलाई शब्दमा उतारिएको छ ।
दुर्गा पौडेलको छायाँकन, प्रविन भट्टको सम्पादन तथा होम गुरुङको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘मै दुखी चेली’ गीतको भिडियोमा जुना एसडी, सुनिता नेपालीको अभिनय रहेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE