१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, के के खुल्छन् ?
१३ बेशाख, काठमाडौँ – बैशाख १६ देखि उपत्यकामा लकडाउन (निषेधाज्ञा) गरिने भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ बैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैशाख १६ गतेदेखि उपत्यकाका तीनवटै जिल्लामा लकडाउन गरिने जानकारी दिएका छन् ।
कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि संक्रमण रोक्न लकडाउनमा पुगिएको उनले बताए ।
लकडाउन उपयुक्त छ कि छैन भन्ने विषयमा सरकारले स्थानीय तहलाई नै उक्त जिम्मेवारी दिइसकेको छ । र, त्यहीँअनुसार उपत्यकाका तीन जिल्लाका प्रमुखहरुले बैशाख १६ गतेदेखि लकडाउन गर्ने निर्णय गरेका छन् ।
के के खुल्छन् ?
बैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्। सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ।
एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्। तर, अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ।
खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ। होटेल तथा रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE