भीम रावललाई देउवाको प्रश्न : आफू मन्त्रिपरिषदमा रहँदा किन एमसीसी पास गरेको ?
३० फागुन, नुवाकोट – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याउनुभएको छ । उहाँले आज सोमवार नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै यस्तो धारणा राख्नुभएको हो ।
कार्यक्रममा उहाँले भर्खरै प्रतिनिधि सभाबाट पारित भएको एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरू भ्रममात्र भएको पनि स्पष्ट गर्नुभयो । उहाँले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैँ मन्त्रिपरिषदमा रहँदा त्यो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाको प्रश्न थियो, ‘आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषदबाट पास गरेका भीम रावलले त्यस बेला किन आलोचना गर्नुभएन ? त्यति बेला राजीनामा नदिएर के हेरेर बसेको ?’, देउवाले आक्रोशित हुँदै भन्नुभयो, ‘आफू पार्टीको नेता र मन्त्री हुँदा आफैँले मन्त्रिपरिषदबाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसै बला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?’
प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि स्पष्ट गर्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE