Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

बलात्कारपछि हत्यामा बाँचेसम्म कैद

काठमाडौं – मुलुकी अपराध संहिता ऐन २०७४ लागु भएपछि मुलुकमै पहिलोपल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद फैसला सुनाएको छ ।

कास्कीको पुम्दीभुम्दीमा ९ बर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ बर्षीय कुसुम पौडेललाई अदालतले बुभबार सजाय सुनाएको हो ।  जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले गरेको यो फैसला नेपालको न्यायिक इतिहासमै पहिलो हो । अदालतका से्रस्तेदार जगन्नाथ पौडेलले संहिताको दफा ४१ ले गरेको व्यवस्थाबमोजिम सजाय निर्धारण भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE