Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

खाली पेटमा कालो चिया, स्वास्थ्यका लागि फाइदा

१४ असाेज 
एजेन्सी – कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन्। बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य समेत रहेका छन् ।
 
रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ
कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई बढाउन चाहान्छन्, उनीहरुले बिहान खाली पेटमा कालो चिया पिउनु उपयुक्त हुन्छ।

क्यान्सर हुनबाट बचाउँछ
नियमित बिहान एक कप कालो चिया पिउने गर्ने हो भने क्यान्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ।

मुटुजन्य समस्याबाट खतरा हुँदैन
एक अध्ययन अनुसार दिनहुँ तीन कप कालो चिया पिउँदा मुटुजन्य समस्याको खतरा हुँदैन।

छिट्टै बुढोपन देखिँदैन
कालो चियामा पाईने एन्टी अक्सिडेन्टले शरीरमा भएको टक्सिन्सलाई बाहिर निकाल्छ । यसले कारण उमेर बढेको लक्षण छिटै देखिँदैन।

पसिना गन्हाउने समस्याबाट छुटकारा मिल्छ
कतिपयको समस्याको जड बनेको हुन्छ पसिना।

यो सामान्य नभई एक समस्या नै हो।
कालो चिया पिउँदा शरिरको विषाक्त टक्सिन बाहिरिने हुँदा पसिना कम गनाउँछ । (एजेन्सीको सहयोगमा)

WRITE COMMENTS FOR THIS ARTICLE