Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

१२ माघ, काठमाडौँ -बुधबार दिउसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।

आज राति पहाडी भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भागमा आंशिक बदली रहने छ। देशको पहाडी भभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ ।

हाल सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आँशिक बदली रहेको छ । साथै सुदुर पश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE