Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

विधान महाधिवेशनमा जुट्यो एमाले, कार्यकर्ताकोे स्कर्टिङमा गोदावरी पुग्दै ओली

१५ आश्विन, काठमाडौँ – मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमालें)को प्रथम विधान महाधिवेशन केहिबेरमा शुरु हुँदैछ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा ९एकीकृत समाजवादी० गठन गरेका बेला देशभरका प्रतिनिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो ।

अहिले महाधिवेशनस्थलमा नेकपा एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । आगामी मङ्सिरको दोस्रो साता पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशन राजनीतिक क्षेत्रमै पहिलो हो । एमालेको विसं २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो ।

राष्ट्रिय राजनीति र पार्टी जीवनमा देखापरेका यावत् समस्याबारे विधान महाधिवेशनमा व्यापक छलफल हुनेछ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहबीच पानसमा बत्ती बालेर गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ।

महाधिवेशनको दोस्रो दिन यही असोज १६ गते समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ । महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE