Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक

१२ असार, काठमाडौँ – कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक भएको बताएका छन् ।

उर्जा मन्त्रालयका सचिव, योजना महाशाखा तथा दशवटै जिल्लाका कार्यालय प्रमुखसँगको आजको भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले असारको अन्त्यतिर गरिने विकासले कामको गुणस्तरमा प्रश्न चिन्ह खडा गर्ने जनाए । तोकिएकै समयमा बजेट कार्यान्वयन गर्ने परम्पराको विकास गर्न मन्त्रालयले कार्यान्वयनमुखी बजेट ल्याएको उनको दावी छ ।

 

sponsored
sponsored

 

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE