Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

मन्त्रीबिहिन ७ मन्त्रालयको जिम्मा प्रधानमन्त्री ओलीलाई

७ जेठ, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद नरहेका ७ मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै तोक्नुभएको छ ।

सर्वोच्च अदालतले बिहिबार रोक लगाएसँगै मन्त्रीविहीन रहेको मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री केपी ओलीलाई नै तोकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार अदालतले दिएको अन्तरिम आदेशअनुसार मुद्दाको टुङ्गो नलाग्दासम्म प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी तोकेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE