Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बागेश्वरी अशल शासन क्लब रामेछापको अध्यक्षमा श्रेष्ठ चयन

  • अनिता थापा मगर

१२ चैत
रामेछाप–
बागेश्वरी अशल शासन क्लब (बास) रामेछापको अध्यक्षमा युवराज श्रेष्ठ चयन हुनुभएको छ । बास रामेछाप शाखाले बुधबार मन्थलीमा गरेको दोस्रो जिल्ला अधिवेशनमा पत्रकार श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो ।

त्यस्तै, उपाध्यक्षमा एलिना लामा, सचिवमा यादव के.सी., सह–सचिवमा मिलन वि.क. र कोषाध्यक्षमा विपना थापा चयन हुनुभएको छ । सदस्यहरुमा क्रमशः अनिता थापामगर, शुष्मा भण्डारी, सविना कार्की, निरमाया तोलाङ्गे, आरती खड्का, दिपा महत, सन्तोष खत्री, विमल पौडेल र सुलोचना थापा गरी १३ कार्यसमिती पुनर्गठन भएको छ ।

कार्यक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले जिल्लामा हुने भ्रष्ट्राचारको विरुद्धमा आवज उठाउँदै शुसान कायम गर्ने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नयाँ कार्यसमितीलाइ बधाइ पनि दिनुभयो ।

कार्यक्रम बास रामेछाका अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE