“अधिवेशनलाई मान्दैनौं,धाँधली गरेर सत्ता हत्याउन हामी दिदैंनौं”: वरिष्ठ नेता पौडेल
२९ भदौ, काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहद्वारा डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरिएको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहद्वारा सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताउनुभएको हो ।
नयाँ अधिवेशन मिति तोकेर नेतृत्व छान्न पार्टी नेतृत्व तयार नभए मनोमानी सहेर नबस्ने पौडेल समूहको चेतावनी रहेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आफ्नो समूहको बैठकलाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले डडेल्धुरामा पुनः वडा अधिवेशन गरिनुपर्ने बताउनुभयो ।
उहाँले डडेल्धुरा शैलीमा स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा पनि नदेखाउन पार्टी नेतृत्वलाई खबरदारी गर्नुभयो । उहाँले भन्नुभयो ‘सत्ता र शक्तिको दुरुपयोग गरेर चुनाव गर्ने काम कांग्रेसलाई सुहाउँदैन । ‘हामी यस्तो अधिवेशनलाई मान्दैनौं, धाँधली गरेर सत्ता हत्याउन हामी दिदैंनौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भन्नुभयो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE