Date
बुध, बैशाख ५, २०८१
Wed, April 17, 2024

ज्योतिषले देउवालाई भने, ‘चैत ३१ देखि असारसम्म सावधान हुनुस्, एकतन्त्री शासन आउन सक्छ’

१९ फगुन
काठमाडौं – 
नेपालमा राजनीतिक संकट र नयाँ सरकारको चर्चाकाबीच नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले ज्योतिष सँग भेट गर्नुभएको छ । औपचारिक रुपमा परामर्श नलिएपनि सभापति देउवाले अनौपचारिक रुपमा आफ्नो भावी दिनबारे बुझ्ने इच्छा देखाउनु भएको छ ।

बर्तमान सरकार बन्न लाग्दा (करिब ३ बर्ष अगाडि)  सभापति देउवाले सार्वजनिक कार्यक्रमा नै आफूलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने बताएको भनेपछि चर्चाको बिषय बनेको थियो । ३ बर्षपछि पुन देउवाले मंगलबार आफ्नो भावी दिनकोबारेमा जान्ने इच्छा देखाउनु भएको हो । उहाँले आफ्नो घरमा प्रसाद पुर्याउन आएका पण्डित तथा ज्योतिष सुरेशचन्द्र रिजालसँग कुराकानी गर्नुभएको हो ।

मंगलबार आफ्नै निवासमा भएको भेटमा कार्यकर्ताकाबीचमा पनि देउवाले ज्योतिषलाई आगामी दिन जान्न चाहेपछि चैत ३१ देखि असारसम्मको समय अलिक सावधान हुनुपर्ने भएकाले महत्वपूर्ण निर्णय लिँदा अलिक ख्याल गर्नुपर्ने सुझाव दिएको बताइएको छ । त्यसको जवाफमा देउवाले त्यति समय मैले के गर्ने भन्दै प्रतिप्रश्न गरेको बताइएको छ ।

त्यस्तैगरी ज्योतिषले ज्योतिष रिजालले सभापति देउवालाई विज्ञानका अनुसार वैशाख १ देखि राजा र मन्त्री मंगल भएको हुँदा एकै ग्रहले दुइ भूमिका खेल्ने भएकाले एकतन्त्री शासन आउनसक्ने हुनाले चनाखो हुन सुझाव दिएको बताइएको छ । देउवालाई औपचारिक रुपमा समय भएको दिन भबिष्य हेरिदिने पनि ज्योतिष रिजालले मंगलबार आश्वसन दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE