Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

शुक्रबारदेखि ‘दोख’ प्रदर्शन

२४ असार, काठमाडौं – नेपाली कथानक चलचित्र ‘दोख’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ। अनुप बरालले निर्देशन गरेको चलचित्र शुक्रबारदेखि देशभरका हलमा रिलिज भएको हो।

चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमनी गुरुङ, माओत्से गुरुङ मुख्य भूमिकामा छन्। चलचित्रले तत्कालीन सरकार–माओवादी युद्धको पृष्ठभूमिमा रहेर विभिन्न कथा भन्ने निर्देशक बरालले बताएका छन्।

यसअघि सार्वजनिक फिल्मको ट्रेलरमा माओवादी युद्धको समयमा एक जंगलको सीमा विवादलाई फुटबल खेलमार्फत् गर्न खोजिएको समाधान देखिन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE