Date
शनि, असार ११, २०७९
Sat, June 25, 2022

मंसिरदेखि अनलाइनबाटै शैक्षिक प्रमाणपत्र दिने त्रिविको तयारी

७ कार्तिक, काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी मंसिरदेखि सबै शैक्षिक प्रमाणपत्र अनलाइन माध्यमबाटै उपलब्ध गराउने भएको छ।

विद्यार्थीको सेवा सुविधाका लागि अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी भइरहेको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।

अनलाइन माध्यमबाट सेवा सुचारु भएपछि अब प्रमाणपत्र लिनका लागि बल्खु पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ।

‘मंसिरदेखि नै अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी गरिरहेका छौँ’‚ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेको विद्यार्थीको हकमा त्यही महिनाबाट प्रमाणपत्र उपलब्ध गरिन्छ,अहिले आवश्यक पूर्वाधार दक्ष जनशक्ति तयार गरिरहेका छौँ।’

अनलाइनबाटै प्रमाणपत्र दिन सकिने सम्भावना रहेको उनले बताए। उनका अनुसार प्रमाणपत्रको शुल्क पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था गरिनेछ। व्यवस्था भएपछि यसका लागि पनि बल्खु पुग्नुपर्ने छैन।

WRITE COMMENTS FOR THIS ARTICLE