Date
आइत, माघ ६, २०८१
Sun, January 19, 2025

सप्तरीमा आगलागी हुँदा पाँच लाखको क्षति

२७ फागुन
काठमाडौँ –
कञ्चनरुप नगरपालिका-१ मा आज आगलागी भएको छ । वडा नं १ बैरवा बस्ने दुखनीदेवी वैधको टिनको छानो भएको फुसको भुई तल्ले घरमा आगलागी हुँदा करीब रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

खाना पकाइ चुलोमाथि राखेको दाउरामा अचानक आगो सल्किन गई आगलागी हुँदा अन्न, लत्ताकपडा र नगद रु एक लाखसहित दुखनीदेवीको घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE