बारेकोट गाँउपालिकामा पारिवारिक मूल्य मान्यता सम्बन्धि गोष्ठी सम्पन्न

काठमाडौँ । जाजरकोटको बारेकोट गाँउपालिकामा एक दिने पारिवारिक मूल्यमान्यता सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । फेमिलि पीस एसोसिएशन नेपालको आयोजना गरिएको गोष्ठीमा ४३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बारेकोट गाँउपालिकाको कार्यपालिकाका सदस्यहरु, विद्यालयका शिक्षक, बुद्दिजिवी तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमा फेमिलि पीस एसोसिएशन नेपालका भुपेन्द्रबहादुर भण्डारीले असल परिवार आजको आवश्यकता भैसकेको औल्याउनु भयो । उहाँले असल परिवार निर्माण गर्न सके मात्र विश्व समृद्धिको बाटोमा अघि बढ्ने धारणा राख्नुभयो । असल परिवार निर्माण गर्न साँचो प्रेममा आधारित पारिवारिक मूल्यमान्यताको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको विषयमा बोल्दै कार्यक्रमका सभापति एवम् बारेकोट गाँउपालिकाका प्रमुखले कार्यक्रम राम्रो भएको भन्दै कार्यक्रमकालागि शुभकामना दिनुभयो । कार्यक्रम विष्णु भण्डारीले सञ्चालन गर्नुभएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE