Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

मुख्यमन्त्री शाहीको धम्कीपूर्ण सन्देश आफ्नै नेतृत्वप्रति असन्तुष्टि

२५ आश्विन, सुर्खेत  – कर्णाली प्रदेशमा नेकपा माओवादी र नेपाली कांग्रेसबीच ६ महिना भित्र सरकार फेरबदल गर्ने भद्र सहमति अनुसार कांग्रेस नेता जीवनबहादुर शाही निकट भविश्यमा मुख्यमन्त्री बन्नुपर्ने थियो ।

तर कर्णाली सरकारको नेतृत्व हाँक्ने सम्भावना कमजोर हुँदा शाहीले सामाजिक सन्जालमार्फत धम्कीपूर्ण सन्देश जारी गर्दै आफ्नै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । जुन नेताहरुको लागि ज्यान फालेर लागिन्छ उनीहरुले नै विश्वास गर्दैनन भने विश्वास गर्नेतिर नै लाग्दा वेश हुन्छ कि जस्तो लाग्न थाल्यो ।’

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपत्र मानिने उनको यो अभिव्यक्ति देउवाप्रति नै लक्षित छ । बैशाखमा माओवादीसँग गरेको भद्र सहमतिअनुसार उनी कात्तिक महिनादेखि प्रधानमन्त्री बन्नुपर्ने भए पनि केन्द्रीय नेतृत्वले नै आफूलाई मुख्यमन्त्री बन्न नदिएको आशंका उहाँले गर्नुभएको छ ।

उहाँको यो अभिव्यक्तिले कर्णाली कांग्रेसमा हलचल ल्याएको छ भने कांग्रेसकै रामचन्द्र पौडेल पक्ष उत्साहित बनेको छ । ‘हामीले उहाँलाई पहिले नै अनुरोध गरेका थियौं ।

हाम्रो आग्रह उहाँले मान्नुभएको भए एमालेकै सहयोगमा उहिल्यै मुख्यमन्त्री भइसक्नु हुन्थ्यो,’ पौडेल निकटका एक नेता भन्नुहुन्छ, ‘देउवाले सुदुरपश्चिममा आफ्नालाई मुख्यमन्त्री बनाउन छाडेर कर्णाली हेर्दैनन् । यसमा हामी ढुक्क छौं ।’

कर्णालीमा हाल ३५ सदस्यीय प्रदेशसभा छ । जसमा एमालेका १३, माओवादीका १२, कांग्रेसका ६, समाजवादीका ३ र राप्रपाका एक सांसद रहेका छन् । वर्तमान गठबन्धन सरकारमा कांग्रेसबाट दुई जना मन्त्री छन् ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE