राज कुन्द्रा जेलबाट बाहिरिएको पहिलो तस्वीर सार्वजनिक
५ आश्विन, एजेन्सी – राज कुन्द्रा जेलबाट बाहिर आएको पहिलो तस्वीर सार्वजनिक भएको छ । अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा जेलबाट बाहिर आएका छन् ।
६४ दिनपछि उनी आफ्नो परिवारका सदस्यहरुलाई भेटेका छन् । उनलाई मुम्बई क्राइम ब्रान्चले १९ जुलाईमा पोर्नोग्राफीको मुद्दामा पक्राउ गरेको थियो।
राज कुन्द्रा जेलबाट बाहिर आएसंगै भारतीय मिडियाले उनीहरुलाई घेरे । यस क्रममा पत्रकारहरुले उनलाई प्रश्न सोधे तर उनले कुनै प्रश्नको उत्तर नदिएको जनाइएको । उनी केहि नबोली गाडीमा पसेको बताइएको छ ।
जमानतमा जेलबाट बाहिर आएपछि राजको पहिलो तस्वीर बाहिर आएको छ । यी तस्वीरहरुमा राज कुन्द्रा मास्क लगाएको देखिन्छ। उनको निधारमा एक ठूलो रातो टिका लगाएको देखिन्छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE