दाङमा जारी निषेधाज्ञा एक साता थप, केही खुकुलो बनाइयो
दाङमा जारी निषेधाज्ञा एक साता थप, केही खुकुलो बनाइयो
१ असार, काठमाडौं– दाङमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साताका लागि थप गरिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा असार ८ गतेसम्मका लागि थप गरिएको हो।
यद्यपि यस पटक थप गरिएको निषेधाज्ञा केही सहज बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दैनिक जनजीवन अस्तव्यस्त भएको र कोरोना संक्रमण पनि केही हदसम्म संक्रमण कम भएकोले निषेधाज्ञा खुकुलो बनाएको प्रशासनले जनाएको छ। संक्रमण केही कम भएको भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड भने पूर्णरुपमा पालना गर्नुपर्ने बैठकले जनाएको छ ।
थपिएको निषेधाज्ञा अवधिमा अवधिमा खाद्यान्न पसल दैनिक बिहान ६ देखि १० बजेसम्म खोल्न पाइने भएको छ भने बैंक तथा वित्तीय संस्थाहरु दैनिक रुपमा नै १० बजेदेखि २ बजेसम्म तथा सबै सरकारी कार्यालय स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने पाइने प्रशासनले जनाएको छ । यस्तै होटल र रेष्टुरेन्टलाई होम डेलिभरी सेवा दिने गरी खोल्न दिइने भएको छ ।
यसअघि थपिएको निषेधाज्ञाको अवधि मंगलबार बेलुकी ६ बजेसम्म छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE