Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नेपाललाई १० लाख डोज खोप अनुदामा दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई १० लाख डोज खोप अनुदामा दिने चिनियाँ राष्ट्रपतिको घोषणा

१२ जेठ, काठमाडौं– चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । दुवै देशका राष्ट्रपतिबीचको टेलिफोन कुराकानी भएपछि आज नै चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

टेलिफोन वार्तापछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गर्नुभएको हो ।

टेलिफोन वार्ताका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग खोप खरिदमा सहजीकरण गरिदिन पनि आग्रह गर्नुभएको थियो ।

चीनले यसअघि पनि नेपाललाई अनुदानमा ८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE