जारी फुटबलका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरु नगद सहित पक्राउ
जारी फुटबलका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरु नगद सहित पक्राउ
२१ असार, काठमाडौं– युरोकप–२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् सट्टाबाजी गराउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्यले ठूलो रकमको बाजी राख्न लगाई काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गिरोह रहेको गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाटको बिशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट अनलाईन बेटिङ गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाण्डौ–४ सुकेधारा बस्ने बर्ष ५७ को राजेन्द्र श्रेष्ठ प्रधान, काटमाडौं– १९ ढोकाटोल बस्ने बर्ष ४७ को जिवन लामा, पर्सा बिरगंज–७ घर भई हाल कुलेश्वर बस्ने बर्ष ४६ को सुरज टिवडेवाल, भारत बिहार पुर्बिचम्पारण जिल्ला रक्सौल घर भई हाल कुलेश्वर बस्ने बर्ष ४६ अशोक कुमार गुप्ता चितवन खैरहनी ५ टरौली घर भई हाल धापासी बस्ने बर्ष ४५ को गोबिन्द प्रसाद आचार्य, भारत हरियाना विवरनी जिल्ला घर भई हाल इन्द्रचोक बस्ने बर्ष ४९ को राजेश कुमार अग्रवाल, भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाल र मोरङ बिराटनगर ७ घर भई मरुटोल बस्ने बर्ष ४६ को अमरनाथ गुप्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा आइएमई बाट पठाइने र लिने गरि कारोबार गर्ने खुलेको प्रहरीले जनाएको छ ।
उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाइएको जनाइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE