Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

कांग्रेस र जसपासँग मिलेर ओली सरकार ढाल्नै पर्छ : श्रेष्ठ

१ चैत
काठमाडौँ –
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउनुपर्ने  बताउनु भउको छ ।

पेरिस डाँडामा आइतवार बसेको केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट रिपोर्टिङका क्रममा श्रेष्ठले अहिलेको अवस्थामा अति नराम्रोलाई परास्त गर्न त्यो भन्दा केही राम्रो स्टेप चाल्नुपर्ने भएको उहाँले बताउनु भयो

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार गठन गर्नु नै अहिलेको आवश्यकता भएको बताउनु भएका हुन।

“अति नराम्रोलाई परास्त गर्न कम राम्रो स्टेप चाल्नुपर्ने भएको छ। तत्कालीन स्थितिमा सरकारबाट ओलीको बिदाइ पहिलो कदम हुनेछु, उनले भने, “यसका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग निरन्तर संवाद भइरहेको छ। चाँडै हामी ओलीलाई सरकारबाट बिदा गर्ने अवस्थामा पुग्छौँ।”

प्रवक्ता श्रेष्ठले अहिले माओवादी केन्द्रको उद्धेश्य कुनै पनि हालतमा ओलीलाई सरकारबाट विदा गर्ने नै रहेको बताए। “कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर ओली सरकार ढालेर नयाँ सरकार बनाउनु अहिलेको मुख्य खाँचो होु, उनले भने, “वैदेशिक हस्तक्षेपकारी शक्ति र यहाँको प्रतिक्रान्तिको प्रक्रिया यही सरकारमार्फत चलिरहेको छ। त्यसैले अहिलेको पहिलो राजनीतिक कार्यभार ओलीलाई विस्थापित गरेर नयाँ सरकार बनाउनु हो।’

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE